पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा
emountaintv.com · Sat Jul 25 06:41:09 GMT 2026
काठमाडौं ।
कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तिब्र पारेको छ । ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रवार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार गत असोज २६ गतेदेखि शुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ ।
Read full story at source (emountaintv.com)