१५० कम्पनीको आइपीओ एजेन्डा, प्रतिफल बाँड्ने २१ मात्रै
aarthiknews.com

काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने कम्पनीहरुको संख्या निरन्तर बढिरहेको भए पनि तीमध्ये अधिकांश कम्पनीहरुको लाभांश वितरण क्षमता भने कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा वार्षिक तथा विशेष साधारण सभामार्फत आइपीओ प्रस्ताव अघि सारेका करिब १५० कम्पनीमध्ये जम्मा २१ कम्पनीले मात्र सेयरधनीलाई प्रतिफल वितरण गरेका छन् । बाँकी कम्पनीले लाभांश घोषणा गरेका छैनन्।
पछिल्लो समय आइपीओ प्रस्ताव गर्ने कम्पनीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैले नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो आठ दिनमै ४ वटा कम्पनीले आइपीओ एजेन्डा सहित सभा डाकेका छन् । ह्याम्स हस्पिटल, जेमिनी रिसाइकल, ग्रिनप्लाइ नेपाल र मकालु वाइन इन्डस्ट्रिजले आइपीओ प्रस्तावसहित साधारण तथा विशेष साधारण सभा आह्वान गरिसकेका छन् । आगामी दिनमा थप कम्पनीहरुले पनि यस्तै प्रस्ताव अघि सार्ने तयारी गरिरहेका छन् ।
Read full story at source (aarthiknews.com)