गोविन्द केसीलाई सेती अस्पताल भर्ना गरिँदै, अनशनस्थल नजिकै लाग्यो ‘गो ब्याक’ को नारा
barnanmedia.com · Sat Jul 25 06:41:32 GMT 2026

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ।
कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० रहेको पाइएको छ। सुगरको मात्रा अत्यन्त न्यून भएपछि तत्काल उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
Read full story at source (barnanmedia.com)