डा. केसीले दशरथ चन्द विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति किन बदर गर्न भने ?
shilapatra.com · Sat Jul 25 06:51:00 GMT 2026

कैलालीको धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी तीन दिनदेखि अनशनरत छन् । पाँचबुँदे मागसहित डा. केसीले गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा २४औँ सत्याग्रह सुरु गरेका थिए ।
पाँचबुँदे मागमा पहिलो नम्बरमा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषय उठाइएको छ । ‘स्थापित नियम र मूल्य–मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द विश्वविद्यालयमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्,’ डा. केसीको मागपत्रमा भनिएको छ । गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गर्दा ऐनमा विवादित प्रावधान राखिएको आरोप पनि डा. केसीको छ । व्यापारिक र राजनीतिक स्वार्थ पूर्ति गर्न निजी संस्थाका व्यक्तिलाई उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको आरोप पनि डा. केसीको छ ।
Read full story at source (shilapatra.com)