वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
canadanepal.com · Sat Jul 25 06:54:56 GMT 2026

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित १३ वर्षअघि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा पुगेको छ। यस अवसरमा शनिबार सिनामंगल क्षेत्रस्थित वाग्मती नदी किनारमा विशेष सफाइ कार्यक्रम सञ्चालन गरिएको छ।
अभियानका क्रममा नदी किनारबाट करिब तीन मेट्रिक टन नकुहिने फोहर संकलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। उनका अनुसार संकलित फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग, टेकुको समन्वयमा उचित व्यवस्थापन गरिएको छ।
Read full story at source (canadanepal.com)