कुवापानीको भिरबाट लडेर एकको मृत्यु
himalpress.com · Sat Jul 25 07:01:28 GMT 2026

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्थानीय ४५ वर्षीय ईश्वर थिङको भिरबाट लडेर मृत्यु भएको हो।
शुक्रबार अपराह्न घरबाट करिब पाँच सय मिटर उत्तरतर्फ रहेको कुवापानीको भित्री सडकखण्डमा नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तल खसेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)