तीर्थाटन होस् कि देशाटन? आखिर फस्टाउँछ पर्यटन!
himalpress.com · Sat Jul 25 07:04:39 GMT 2026

आवरणमा छापिएको कृतिको नाम ‘जहाँ छचल्किए भावना’ र साथमा राखिएको चित्र हेर्दा औसत पाठकले यसलाई कुनै एक जलधि नजिकको गन्तव्यमा पुगेका बखतको अनुभूतिको सँगालो मात्र ठान्न सक्छ। तर निर्मलकुमार आचार्यको यस नवीनतम् सृजनाको फाँट निकै फराकिलो छ। जम्मा १६८ पृष्ठको पातलो पुस्तकभित्रका सामग्री पछ्याउँदै जाँदा त तीनवटा देशका दर्जनौं स्थानको यात्रा गराउने लक्ष्य लिएको पाइन्छः- नेपाल, चीन र भारत।
नेपालका चर्चित तीर्थस्थल, भारतका अनेक पवित्र स्थानहरू र चीनको तिब्बत प्रदेशमा पर्ने कैलाश-मानसरोबर यात्रा गर्दा देखिएका ठाउँहरूको रोचक वर्णनले नै एक तहको सन्तुष्टि प्रदान गर्छन् भने धार्मिक महत्वका अन्य मठ, मन्दिर र नदीहरूसँग गाँसिएका कथा एवं प्रसङ्गहरूले मानवजीवनका सबल र दुर्बल पक्षहरूबारे घोत्लिन मद्दत गर्छन्। भौतिक वस्तु र सेवाहरूको उपभोगमा सीमित राखिएको जीवनप्रणालीले मानिसलाई सेवा र सुबिस्ता त दिन्छन् तर आध्यात्मिक सन्तुष्टिको छेउ पु-याउन सक्दैनन्। त्यो कमीको पूर्ति गर्न के कसो गर्नुपर्छ होला त ?
Read full story at source (himalpress.com)