ट्रम्पको चेतावनी : चीन र रुस इरान युद्धमा जोडिए नतिजा नराम्रो हुनेछ
barnanmedia.com · Sat Jul 25 07:00:37 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीन वा रुस इरान युद्धमा जोडिएको आफूलाई नलागेको बताएका छन्। यद्यपि, उनले चेतावनी दिँदै यदि यी दुवै देशले यस युद्धमा हस्तक्षेप गरे भने यसको गम्भीर परिणाम हुने र त्यो उनीहरूका लागि राम्रो नहुने स्पष्ट पारेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै हालै बेइजिङमा भएको आफ्नो भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनसुकै परिस्थितिमा पनि इरानलाई हतियार नदिने आश्वासन दिएको बताएका छन्। यो नियम चिनियाँ कम्पनीहरूका लागि पनि लागू हुनेछ। ट्रम्पले भनेका छन्, ‘मलाई सी चिनफिङमाथि विश्वास छ।’
Read full story at source (barnanmedia.com)