यस्तो छ प्रमुख साझेदार देशहरूसँग नेपालको व्यापार घाटा
corporatenepal.com · Fri Jul 24 12:01:50 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार संरचना झन् असन्तुलित बन्दै गएको देखिएको छ। यसमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको भारत र चीनसँगको व्यापार असन्तुलन हो ।
भन्सार विभागको वार्षिक (साउन–असार) विवरणअनुसार नेपालले कुल २० खर्ब ९६ अर्ब बराबरको आयात गर्दा निर्यात भने रु. ३ खर्ब १५ अर्बमा सीमित भएको छ । यससँगै कुल व्यापार घाटा रु. १७ खर्ब ८१ अर्बभन्दा बढी पुगेको छ, जसले नेपालको अर्थतन्त्र अझै पनि आयात–निर्भर रहेको स्पष्ट संकेत गर्दछ । नेपालले निर्यातको तुलनामा करिब साढे ६ गुणा बढी आयात गरेको छ ।
Read full story at source (corporatenepal.com)