साढे ६ महिनादेखि रोकिएको बक्यौता पाएपछि स्वास्थ्य बीमा सेवा पुनः सुरु गर्दै टिचिङ
corporatenepal.com · Sun Jun 28 13:00:42 GMT 2026

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आंशिकरूपमा बक्यौता भुक्तानी गरेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन गर्ने भएको छ।
बोर्डले देशभरका सेवा प्रदायक संस्थाहरूलाई कुल दुई अर्ब रुपियाँभन्दा बढी भुक्तानी गरेसँगै शिक्षण अस्पतालले आगामी असार १५ देखि स्वास्थ्य बीमा अन्तर्गतको सेवा सुचारु गर्ने निर्णय गरेको हो । बीमा बोर्डका अनुसार शिक्षण अस्पतालले ४ करोड ४ लाख रुपियाँ भुक्तानी पाएसँगै स्वास्थ्य बीमा सेवा पुनः सुरु गर्न लागेको हो ।
Read full story at source (corporatenepal.com)