अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, धर्मशालाबाट सेती प्रादेशिक अस्पताल सारियो
swasthyakhabar.com · Sat Jul 25 07:16:00 GMT 2026

धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पताल सारिएको छ।
बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका फिजिशियन डा. गजेन्द्र दुवाल नेतृत्वको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० mg/dL रहेको पाइएको चिकित्सकले जनाएका छन्। रक्तमा सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको निष्कर्षसहित चिकित्सकले तत्काल अस्पतालको आईसीयूमा भर्ना गरी उपचार तथा निरन्तर निगरानी गर्न सुझाव दिएका थिए।
Read full story at source (swasthyakhabar.com)