प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
barnanmedia.com · Sat Jul 25 07:21:43 GMT 2026

आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
राणाले भैरहवा बजार क्षेत्रमा आफू घुमुवा प्रहरी भएको बताउँदै पेस्तोल देखाएर विभिन्न व्यक्तिसँग १० हजार रुपैयाँ मागिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरबाट नियन्त्रणमा लिएको हो ।
Read full story at source (barnanmedia.com)