२३औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड १८ भदौमा, मुख्य प्रायोजकमा गोल्छा ग्रुप
kendrabindu.com · Fri Jul 24 12:37:41 GMT 2026
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८३’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औँ संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो ।
अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । दुईबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ । गोल्छा ग्रुप लगातार १९औं पटक यस अवार्डसँग जोडिएको हो ।
Read full story at source (kendrabindu.com)