‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
emountaintv.com · Sat Jul 25 07:55:41 GMT 2026
काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताउनुभएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सिमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहो¥याउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेशामा गौरव महशुस गर्न पाउनु भएको उहाँको भनाइ छ ।
Read full story at source (emountaintv.com)