भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता
emountaintv.com · Sat Jul 25 07:52:13 GMT 2026
काठमाडौं ।
राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ । शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उहाँको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गर्नुभएको हो । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेना थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताउनु भयो । प्रा.डा. तिमिल्सिनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुनसक्ने उल्लेख गर्नुभयो ।
Read full story at source (emountaintv.com)