राष्ट्रिय विभूतिको त्याग र योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउन आह्वान
kalakarmi.com · Sat Jul 25 07:53:03 GMT 2026

काठमाडौं- अमरसिंह थापा र भीमसेन थापाजस्ता राष्ट्रिय विभूतिहरूको योगदान स्मरण गर्दै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्मिता संरक्षणका लागि उनीहरूको आदर्शबाट प्रेरणा लिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालद्वारा राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१० औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा आयोजित बृहत्त रक्तदान कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा.राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहस आज पनि अनुकरणीय रहेको बताए ।
Read full story at source (kalakarmi.com)