मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ‘कोशेलीघर’ उद्घाटन
news24nepal.tv · Sat Jul 25 08:06:47 GMT 2026

मेलम्ची । स्थानीय कृषि र हस्तकला उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा नयाँ व्यावसायिक केन्द्र “कोशेलीघर” सञ्चालनमा आएको छ। साउन ८ देखि हरेक दिन बिहान ७ बजेदेखि राति ७ बजेसम्म खुल्ने यो कोशेलीघरको उद्घाटन नगरप्रमुख आइतमान तामाङले गरेका छन् ।
नगरप्रमुख तामाङले कोशेलीघरबाट ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक परिकार, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी तथा हर्बल सामग्रीलगायत स्थानीय रैथाने उत्पादनको सीधा बिक्री वितरणमा जोड दिने बताए । उनले यहाँ राखिने विशेष परिकार तथा उत्पादनहरू आवश्यक परेमा जिल्ला बाहिर पनि पठाइने समेत जनाए ।
Read full story at source (news24nepal.tv)