पर्यटन पुनरुत्थानमा भारतको ठूलो योगदान, १२ लाख आगमनमा एकचौथाइ भारतीय, अमेरिका र चीनको उपस्थिति पनि मजबुत
aarthiknews.com

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ। कुल पर्यटकमध्ये ३ लाख ११ हजार ५३१ जना भारतबाट आएका छन्, जुन कुल आगमनको २५.७६ प्रतिशत हो।
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतपछि संयुक्त राज्य अमेरिका दोस्रो ठूलो स्रोत बजार बनेको छ। आर्थिक वर्षभर १ लाख ११ हजार ३२५ अमेरिकी पर्यटक नेपाल आएका छन्। तेस्रो स्थानमा चीन रहेको छ, जहाँबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। कोरोना महामारीपछिको पुनरुत्थानसँगै चीनबाट आउने पर्यटक संख्या पनि उल्लेखनीय रूपमा बढ्न थालेको बोर्डको विश्लेषण छ।
Read full story at source (aarthiknews.com)