कर्णालीमा नयाँ सरकार गठन गर्न कांग्रेस-नेकपा गृहकार्यमा, मुख्यमन्त्री को बन्ला ?
kendrabindu.com · Fri Jul 24 13:09:17 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन् ।
गत ३१ असारमा सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
Read full story at source (kendrabindu.com)