कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
canadanepal.com · Fri Jul 24 13:06:25 GMT 2026

कर्णाली - कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन्।
गत असार ३१ गते सत्तासाझेदार कांग्रेसका चार मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसको भोलिपल्ट, असार ३२ गते, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
Read full story at source (canadanepal.com)