थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
ratopati.com · Fri Jul 24 13:20:23 GMT 2026

झापा। जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका विभिन्न पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिएको छ।
सोही क्रममा शुक्रबार कनकाई नगरपालिका–३ का थप पाँच परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित र चार परिवार अव्यवस्थित बसोबासी रहेका छन्।
Read full story at source (ratopati.com)