झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
ratopati.com · Sat Jul 25 08:40:06 GMT 2026

झापा । जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घटेर ६०१ जनामा सीमित भएको छ ।
Read full story at source (ratopati.com)