चाइनाबजारः ई–कमर्समा नयाँ अभ्यासको तयारी
corporatenepal.com · Sat Jul 25 08:38:55 GMT 2026

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार को शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा हो ।
नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता पनि रहने गरेको छ। चाइनाबजार यही अन्तरलाई हटाउने उद्देश्यका साथ स्थापना गरिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन्।
Read full story at source (corporatenepal.com)