पासवर्डको सट्टा सेल्फी भिडिओ पठाएर गुगल अकाउन्ट लगइन गर्न सकिने, यस्तो छ तरिका
techpana.com · Sat Jul 25 08:43:14 GMT 2026

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै नयाँ फिचर सार्वजनिक गरेको छ । यससँगै अब प्रयोगकर्ताले गुगल अकाउन्ट लगइन गर्न वा पासवर्ड बिर्सिएर अकाउन्ट ‘लक’ भएको अवस्थामा ‘सेल्फी भिडिओ’को प्रयोग गर्न सक्नेछन् ।
गुगल अकाउन्टमा रहेका महत्त्वपूर्ण तस्बिर, ईमेल र डकुमेन्टको सुरक्षाका लागि विभिन्न साइन-इन विकल्प प्रयोग गर्न सुझाव दिँदै गुगलले यो नयाँ विकल्प थपेको हो । यदि प्रयोगकर्ता आफ्नो अकाउन्टबाट बाहिरिएको खण्डमा वा नियमित प्रयोग गर्ने फोन वा कम्प्युटर उपलब्ध नभएको अवस्थामा यो सेल्फी भिडिओ फिचर सहयोगी बन्ने कम्पनीले जनाएको छ ।
Read full story at source (techpana.com)