परराष्ट्रको ब्रिफिङले उठाएको प्रश्न, उपलब्धि कि नियमित काम?
himalpress.com · Fri Jul 24 13:40:00 GMT 2026

काठमाडौँ- परराष्ट्र मन्त्रालयले असार २६ यता भएका गतिविधि समेटेर सार्वजनिक गरेको पछिल्लो ब्रिफिङमा ११ वटा शीर्षकअन्तर्गत आफ्ना कामको विवरण प्रस्तुत गरेको छ। मन्त्रालयले यसलाई उपलब्धि र प्राथमिकताका कामका रूपमा प्रस्तुत गरे पनि सूचीलाई नियाल्दा अधिक विषय दैनिक कार्य, सहजीकरण, सचिवालयमा नियुक्ति र नागरिकको हितमा गरेको केही उपलब्धिलगायतका अनेकन् विषय छन्।
कतिपय नीतिगत उपलब्धि हुन्, कतिपय नियमित कूटनीतिक गतिविधि मात्र हुन् भने केही विषय त अन्य मन्त्रालयको नेतृत्वमा भएका काम हुन्, जसमा परराष्ट्र मन्त्रालयको भूमिका समन्वयकर्ताका रूपमा मात्र देखिन्छ। यसले एउटा पुरानै प्रश्न फेरि उठाएको छ- परराष्ट्र मन्त्रालयले आफ्नो कार्यसम्पादन मापन गर्दा परराष्ट्र नीतिमा हासिल भएका परिणाम (आउटकम्स) लाई प्राथमिकता दिने कि विदेशसँग सम्बन्धित सबै गतिविधिलाई उपलब्धिका रूपमा प्रस्तुत गर्ने?
Read full story at source (himalpress.com)