वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
makalukhabar.com · Sat Jul 25 08:46:29 GMT 2026

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ ।
महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । उनका अनुसार सफाइका क्रममा सङ्कलन गरिएको नकुहिने फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ ।
Read full story at source (makalukhabar.com)