डा.केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा सारियो
nepalviews.com · Sat Jul 25 09:15:20 GMT 2026

धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीलाई स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आईसीयूमा सारिएको छ ।
उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एक सयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’
Read full story at source (nepalviews.com)