साफ च्याम्पियनसिप गुम्ने संघारमा नेपाल
newsofnepal.com · Fri Jul 24 14:21:15 GMT 2026
कविरस शर्मा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को पुरुष विश्वकपमा टोलीको संख्या बढाएर ६४ सम्म पुर्याउने बहसमार्फत खेललाई अझ व्यापक र समावेशी बनाउने तयारी गरिरहँदा नेपाली फुटबल भने इतिहासकै सबैभन्दा निराशाजनक र गम्भीर मोडमा उभिएको छ । एकातिर विश्व फुटबलका साना र उदीयमान राष्ट्रहरूका लागि सम्भावनाका नयाँ ढोकाहरू खुल्दैछन् भने अर्कातिर अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको आन्तरिक विवाद तथा सरकारी हस्तक्षेपका कारण फिफाले नेपालमाथि निलम्बनको ट्याग टाँसिदिएको छ । गत असार ९ गते फिफाले गरेको निलम्बनले नेपाली फुटबलको स्वायत्तता, पारदर्शिता र लोकतान्त्रिक प्रणालीमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ । पदाधिकारीहरूको कुर्सी मोह र प्रशासनिक गैरजिम्मेवारीका कारण विश्व मञ्चमा देशको नाम उँचो बनाउने अवसर त परै जाओस्, आफ्नै क्षेत्रको प्रतिष्ठित प्रतियोगिता गुम्ने अवस्था सिर्जना हुनुले खेल नेतृत्वको घोर अक्षमतालाई नाङ्गो रूपमा उजागर गर्छ ।
Read full story at source (newsofnepal.com)