वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
corporatenepal.com · Sat Jul 25 09:23:35 GMT 2026

चितवन । सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन् । वर्डफ्लुको सङ्क्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेसण गरेसँगै सङ्क्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन् ।
सङ्क्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ ।
Read full story at source (corporatenepal.com)