किसानले पाए केराको उचित मूल्य
corporatenepal.com · Sat Jul 25 09:25:42 GMT 2026

चितवन । भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन् ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु छसम्म मूल्य पाएका छन् । “यो काँचो केराको मूल्य हो । गतवर्षको यही समयमा एउटाको केरा रु दुईदेखि रु तीनमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “यस वर्ष बल्ल किसानले केराको उचित मूल्य पाएका छन् ।”
Read full story at source (corporatenepal.com)