नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
kalakarmi.com · Sat Jul 25 09:23:39 GMT 2026

काठमाडौं- नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रवार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ बनाउन थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।
Read full story at source (kalakarmi.com)