साथीसँग खेल्न गएकी जेविनाको पोखरीमा डुबेर मृत्यु
annapurnapost.com · Sat Jul 25 09:32:09 GMT 2026

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ को पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान–३ निवासी जोगन मुर्मूकी छोरी जेविना मुर्मू रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजेतिर जेविना ४–५ जना साथीसँग खेल्न गएकी थिइन्। खेल्ने क्रममा धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा डुबेर उनी बेपत्ता भएकी थिइन्। उनीसँग रहेका साथीहरूले घटनाका बारेमा स्थानीयलाई जानकारी गराएपछि स्थानीयले पोखरीबाट जेविनालाई बाहिर निकालेका थिए। उनलाई घर पुर्याइए पनि त्यतिबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)