मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
ratopati.com · Fri Jul 24 14:33:32 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने भएको छ। मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक कुवरकान्त झाले वर्तमान तीन दलीय गठबन्धनको सरकारले नै निरन्तरता पाउने जानकारी दिए।
शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले पार्टी सभापति थापासँग सात वटै प्रदेशका मुख्यमन्त्रीको छलफल भएको र सो क्रममा मधेस सरकारमा तीन दलीय गठबन्धनले निरन्तरता पाउने सहमति भएको दाबी गरे। अहिले मधेस सरकारकाे नेतृत्व कांग्रेसले गरिरहेकाे छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)काे समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्।
Read full story at source (ratopati.com)