नेपाल-अष्ट्रेलिया द्विपक्षीय परामर्श सम्पन्न, व्यापार, लगानी र जलविद्युत् सहकार्य विस्तारमा जोड
aarthiknews.com

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीचको तेस्रो द्विपक्षीय परामर्श संयन्त्र (बाइलेटरल कन्सल्टेसन मेकानिज्म–बीसीएम) बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले दुई देशबीचको द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, लगानी, जलविद्युत्, कृषि, शिक्षा, पर्यटन, जलवायु परिवर्तन तथा जनस्तरीय सम्बन्ध विस्तारमा सहकार्य बढाउने विषयमा छलफल गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा भएका समझदारीलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान, जलवायु उत्थानशीलता, हरित अर्थतन्त्र, जलस्रोत व्यवस्थापन, कृषि अनुसन्धान तथा नेपालको राष्ट्रिय प्राथमिकताअनुसार अष्ट्रेलियाको विकास साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समीक्षा गरिएको थियो।
Read full story at source (aarthiknews.com)