फ्रान्समा डढेलोले ४० हजार विस्थापित
barnanmedia.com · Fri Jul 24 14:25:01 GMT 2026

दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। लोकप्रिय पर्यटकीय क्षेत्र क्याप–फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
अधिकारीहरूका अनुसार बोर्डोबाट पश्चिमतर्फ रहेको सौमोस गाउँमा बुधबार सुरु भएको आगो तीव्र गतिमा फैलिँदै क्याप–फेरेट प्रायद्वीप पुगेको हो । पाइन वन, बालुवाका टाकुरा र ओइस्टर उत्पादनका लागि परिचित यो क्षेत्र फ्रान्सका चर्चित व्यक्तिहरूको रोजाइको पर्यटकीय गन्तव्य मानिन्छ।
Read full story at source (barnanmedia.com)