मुगुमा घरमाथि पहिरो खस्दा छोराको मृत्यु, आमाबुवा घाइते
baahrakhari.com · Sat Jul 25 09:46:08 GMT 2026

काठमाडौं । मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा ती बालकको मृत्यु भएको हो । दुईजना घाइते भएका प्रहरीले जनाएको छ ।
शनिबार (साउन ९) बिहान करिब ४ बजे उक्त स्थानस्थित पेमा लामाको घरमा होटेल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना र तीन वर्षीय छोरा रमेश सुतिरहेको अवस्थामा पहिरो खसेको थियो ।
Read full story at source (baahrakhari.com)