द रोलिङ स्टोन्स स्कूलको आयोजनामा अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न
news24nepal.tv · Sat Jul 25 10:00:51 GMT 2026

भीमसेनस्थान स्थित द रोलिङ स्टोन्स स्कूलद्वारा आयोजित अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न भएको छ । कामना परिवारको सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा काठमाडौंका करिब एकदर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुखअतिथि वरिष्ठ कलाकार किरण मानन्धरले विद्यार्थीहरूलाई कला सिर्जनामा निरन्तर लागिरहन प्रेरित गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बालबालिकाको कलालाई प्रोत्साहन गर्न विद्यालयले चित्रकला प्रतियोगिता आयोजना गरेको बताए । उनले भने–विद्यालयले सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको यो कार्यक्रम महत्वपुर्ण रहेको दाबी गर्नुभयो ।
तपाईहरुले विद्यार्थीलाई सहभागिता गराईदिनु भएकोमा धन्यवाद दिन चाहन्छु, तपाईको स्कुलले आयोजना गरेको यस्तो कार्यक्रममा हाम्रा विद्यार्थीहरुपनि सहभागिता हुने विश्वास दिलाउन चाहन्छु–उनको भनाई थियो । प्रतियोगितामा कलाकार किरण मानन्धरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Read full story at source (news24nepal.tv)