लघुवित्तपीडित आन्दोलनमा उत्रिँदै, बल्खुदेखि सिंहदरबारसम्म ‘राजधानी मार्च’ को तयारी
nepalviews.com · Sat Jul 25 10:10:38 GMT 2026

काठमाडौं । लघुवित्त तथा बैंक तथा वित्तीय संस्थाबाट भएको भनिएको वित्तीय शोषणविरुद्ध संघर्षरत लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले भोलि (साउन १० गते) राजधानीमा प्रदर्शन गर्ने भएको छ।
आन्दोलनले दिउँसो १२ बजेदेखि बल्खुबाट सिंहदरबारसम्म ‘राजधानी मार्च’ आयोजना गर्दै आफ्ना माग सरकारसमक्ष प्रस्तुत गर्ने जनाएको छ। आन्दोलनकारीले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा हर्जना तथा सेवा शुल्क असुली, धितो लिलामी, कालोसूचीमा राख्ने तथा अन्यायपूर्ण ऋण असुलीका कारण सर्वसाधारण आर्थिक संकटमा परेको दाबी गरेका छन्।
Read full story at source (nepalviews.com)