किसानहरूले पाए केराको उचित मूल्य
ratopati.com · Fri Jul 24 15:08:59 GMT 2026

चितवन । भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु ६ सम्म मूल्य पाएका छन्। “यो काँचो केराको मूल्य हो। गत वर्षको यही समयमा एउटाको केरा रु दुई देखि रु तीनमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “यस वर्ष बल्ल किसानले केराको उचित मूल्य पाएका छन् ।”
Read full story at source (ratopati.com)