खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
ratopati.com · Fri Jul 24 15:06:38 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकले देशको खुला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई आवश्यक जनशक्ति, स्रोतसाधन, आधुनिक उपकरण तथा पूर्वाधारसहित सुदृढ बनाइ आवश्यक स्थानमा पर्याप्त ‘बोर्डर आउट पोस्ट’ स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन गरेको छ।
Read full story at source (ratopati.com)