युरोपको प्रलोभन, कम्बोडियाको जेल : दोहोरो ठगीमा नेपाली
himalpress.com · Fri Jul 24 15:43:23 GMT 2026

काठमाडौँ- ‘मेरो छोरो युरोप पुगेको भनेको थियो, पछि थाहा भयो ऊ त कम्बोडियाको जेलमा रहेछ’, बैंककस्थित नेपाली दूतावासमा यस्ता फोन अहिले नियमितजस्तै आएका छन्। युरोप वा अमेरिका पुर्याइदिने प्रलोभनमा दक्षिणपूर्वी एसियाका देश पुर्याइएका नेपालीहरू अनलाइन स्क्याम सेन्टरमा बन्धकजस्तै काम गर्न बाध्य पारिने, असफल भए कुटपिट वा जेलमा पर्ने र त्यसपछि उद्धारको बहानामा उनीहरूकै परिवारबाट लाखौँ रुपैयाँ असुल्ने अन्तर्राष्ट्रिय ठगी सञ्जाल सक्रिय रहेको नेपाली दूतावासले जनाएको छ।
कुनै आमाले छोराको खोजीमा रुँदै फोन गर्छिन्। कुनै श्रीमतीले श्रीमान् कहाँ छन् भनेर सोध्छिन्। कसैले ‘छुटाउन पाँच लाख लाग्छ’ भन्ने एजेन्टको कुरा सुनाउँछन्। कसैले ‘वकिल राखेका छौँ’ भनेर फेरि पैसा मागिएको गुनासो गर्छन्। दूतावासले वास्तविकता खोज्दै जाँदा भने धेरैजसो कथाको अन्त्य एउटै ठाउँमा पुग्छ- कम्बोडियाका अनलाइन स्क्याम सेन्टर, जेल वा तिनैको वरिपरि फैलिएको ठगीको जालो।
Read full story at source (himalpress.com)