फिफाद्वारा एन्फामाथि लगाइएको निलम्बन फुकुवा गर्न क्लबहरूको संयुक्त माग
neplays.com · Fri Jul 24 15:54:00 GMT 2026
काठमाडौं। विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनप्रति नेपालका विभिन्न फुटबल क्लबहरूले गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र निलम्बन फुकुवा गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
शुक्रबार संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा क्लबहरूले फिफाको निलम्बनका कारण हजारौं नेपाली खेलाडी, प्रशिक्षक, निर्णायक, क्लब, पदाधिकारी तथा फुटबलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण सरोकारवाला प्रभावित भएको उल्लेख गरेका छन्। लामो समयसम्म निलम्बन कायम रहँदा पनि यसको समाधानका लागि प्रभावकारी पहल हुन नसक्दा नेपाली फुटबल अभूतपूर्व संकटमा परेको उनीहरूको भनाइ छ।
Read full story at source (neplays.com)