सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
lokaantar.com

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र मासु व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सरकारद्वारा तोकिएका मापदण्ड पालना गरेर मात्रै व्यवसाय गर्न अनुरोध गरेको छ ।
प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा विभिन्न स्थानमा सञ्चालित मासु पसलले सरसफाइमा लापरबाही गरेको, स्वच्छ तथा स्वस्थकर मासु बिक्री वितरण नगरेका, सरकारले तोकेको न्यूनतम् मापदण्डसमेत पालना नगरेको विषयमा उपभोक्ताबाट गुनासो प्राप्त भइरहेको उल्लेख गरिएको छ ।
Read full story at source (lokaantar.com)