चिनियाँ ह्याकरले अमेरिकी न्याय मन्त्रालय, नासा, फेडरल रिजर्भ र सिनेटलाई बनाए निशाना
ratopati.com · Thu Aug 27 12:17:18 GMT 2026

वासिङ्टन डीसी । चिनियाँ ह्याकरहरूको एउटा समूहले अमेरिकी न्याय मन्त्रालय, नासा, फेडरल रिजर्भ, सिनेटसहित संवेदनशील सरकारी निकायका कम्प्युटर प्रणालीमा प्रवेश गरेको वा त्यसको प्रयास गरेको दाबी अमेरिकाले गरेको छ ।
अमेरिकी न्याय मन्त्रालयले बुधबार उक्त साइबर अभियानलाई विफल बनाएको जनाउँदै ह्याकिङका लागि प्रयोग भएका ‘क्यूस्क्यान’ र ‘क्यूटी राउटर’ नामका दुई प्लेटफर्मसँग सम्बन्धित डोमेनहरू नियन्त्रणमा लिएको बताएको छ । अमेरिकी न्याय मन्त्रालयले अदालतमा पेस गरेको शपथपत्रमा ऊर्जा मन्त्रालय, स्वास्थ्य तथा मानव सेवा मन्त्रालय, राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) तथा अमेरिका र दक्षिण कोरियाका चारवटा कम्पनी पनि ह्याकरको निशानामा परेको उल्लेख छ । अमेरिकाका अनुसार यी ह्याकरहरूले कम्तीमा सन् २०१८ देखि अमेरिका तथा विश्वका अन्य मुलुकका संवेदनशील नेटवर्क र महत्वपूर्ण पूर्वाधारमा पहुँच बनाउने प्रयास गर्दै आएका थिए ।
Read full story at source (ratopati.com)