वामपन्थी एकता र सहकार्य गर्न ढिलो भइसक्यो, ठूलो दुर्घटना हुनसक्छ !, प्रचण्डले राखेका १० हाइलाइट्स
arthadabali.com · Sun Jun 28 13:38:53 GMT 2026

काठमाडौं/ आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रचण्डले केही महत्वपूर्ण राजनीतिक विषय बोलेका छन् । जसको राजनीतिक अर्थपूर्ण हुने विश्लेषकहरु बताउँछन् । प्रचण्डले यसपटक विशेष विचार ब्यक्त गर्दै कम्युनिष्टहरु एक हुन सक्ने संकेत दिए । उनले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने बताउँदै मूल्याङ्कन र विकास आवश्यक रहेको बताए ।
प्रचण्डले ०७४ सालको निर्वाचनअघि यही हल राष्ट्रिय सभागृह) बाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण पनि गरेका थिए । अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
Read full story at source (arthadabali.com)