२४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
makalukhabar.com · Sat Jul 25 12:27:03 GMT 2026

काठमाडौं । नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म) सर्प दंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विस्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् ।
पछिल्लो २४ घण्टाको स्थितिः सर्पदंश र पहिरोको उच्च जोखिम
Read full story at source (makalukhabar.com)