सदन स्थगनप्रति खुस्बु ओलीको असन्तुष्टि- संसद् कुनै दलको सुविधाका लागि होइन
nepalviews.com · Sun Jun 07 03:54:32 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभाको बैठक लामो समयसम्म स्थगित गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रमुख सचेतक ओलीले सार्वभौम संसद्लाई कुनै दल वा व्यक्तिको अनुकुलतामा चलाउन खोजिएको आरोप लगाएकी हुन् ।
प्रमुख सचेतक ओलीले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने वा राजनीतिक सहमति खोज्ने उद्देश्य नै नभई अधिवेशन लामो समय स्थगित गरिनुको औचित्यमाथि प्रश्न उठाएकी छन । उनले विगत पाँच दिनसम्म संवादका लागि कुनै आह्वान वा समाधानको पहल नभएको उल्लेख गरेकी छन् ।
Read full story at source (nepalviews.com)