एमाले–नेकपाबीच सातै प्रदेशमा सहकार्य गर्ने सहमति, पाँच प्रदेशमा नेतृत्व बाँडफाँट, सबै प्रदेशमा कांग्रेस विपक्षी बन्ने
nepalviews.com · Sat Jul 25 12:29:48 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातवटै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । सहमतिपत्रअनुसार प्रदेश सरकारको नेतृत्वसमेत बाँडफाँट गर्ने समझदारी भएको छ।
साउन ९ गते हस्ताक्षर गरिएको सहमतिपत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणदेखि देखिएका असमझदारी, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहकार्य गर्ने उल्लेख गरिएको छ।
Read full story at source (nepalviews.com)