डा. केसीको अनशनप्रति चिकित्सक संघले भन्यो– जीवनरक्षाका निम्ति पहल गरियोस्
baahrakhari.com · Sat Jul 25 12:42:50 GMT 2026

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति आवश्यक पहल गर्न आग्रह गरेको छ । शनिबार (साउन ९) विज्ञप्ति जारी गर्दै संघले डा. केसी २४औँपटक अनशन बस्नुपर्ने स्थिति आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनशनका क्रममा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न भएकामा संघले चिन्ता व्यक्त गरेको छ । डा. केसीको स्वास्थ्य अवस्था, उमेरलाई ध्यान दिँदै उनका मागमा गम्भीर बन्न संघले आग्रह गरेको छ ।
Read full story at source (baahrakhari.com)