नारायणी अस्पतालको आकस्मिक कक्षमा बिरामीको मृत्युपछि तोडफोड, उपचारमा लापरबाहीको आरोप
aarthiknews.com

वीरगन्ज। वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका हुन्।
मृतकका भतिजा विकास पटेलका अनुसार छातीमा असह्य पीडा भएपछि राजकुमारलाई तत्काल नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। तर चिकित्सकले केही औषधि लेखिदिए पनि अस्पतालमा आवश्यक इसिजी (ECG) उपकरण तथा अन्य अत्यावश्यक उपचार सामग्री उपलब्ध नभएको र सामान्य औषधिसमेत सहज रूपमा नपाएको आरोप उनले लगाए। उपचारमा ढिलाइ र आवश्यक सेवा नपाउँदा बिरामीको ज्यान गएको उनको दाबी छ।
Read full story at source (aarthiknews.com)